
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा ९डलर० मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको बताएको छ ।
आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताएका छन् । यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी प्रचलित कानूनहरू पनि आकर्षित हुने उनको भनाइ छ । सोही अनुसार कारबाही अगाडि बढ्न सक्ने उनले बताए ।
यातायात व्यवसायीहरूलाई निर्वाचनको संवेदनशीलता बुझेर समय व्यवस्थापन गर्न आग्रह गरिएको प्रवक्ता भट्टराईले बताएका छन् ।






