गौरादह । झापाको गौरादह नगरपालिका ४ मजुवास्थित भित्री सडक खण्डमा एक पुरुषको शव फेला परेको छ । स्थानीय ५० वर्षीय भीमबहादुर दर्जी स्थानीय मकैबारीको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव नजिकै प्रदेश नं. १–०१–०१६ प ८९२४ नम्बरको मोटरसाइकल समेत फेला परेको छ । स्थानीयले सोमबार बिहान ७ बजेतिर मोटरसाइकल लडेको तथा नजिकै पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



