कृषि विभागद्धारा गहुँको समर्थन मूल्य निर्धारणका लागि अध्ययन गर्दै


February 17, 2026 मा प्रकाशित

झापा । किसानहरुले उत्पादन गरेको गहुँको समर्थन मूल्य निर्धारण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि विभागले गहुँको समर्थन मूल्य निर्धारण गर्नका लागि अध्ययन शुरु गरेको छ । देशभरका १० जिल्लालाई आधार मानेर मूल्य निर्धारण गर्न विभागले ती जिल्लाहरुमा अध्ययन गर्न थालेको हो ।

गहुँको समर्थन मूल्य निर्धारण गर्नका लागि अध्ययन गर्ने जिल्लामा गहुँको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम मुद्रास्फीति र बजार मूल्यको विश्लेषणलाई मापदण्ड बनाई मूल्य निर्धारण गर्ने योजना बनाएको हो ।
१० जिल्लालाई आधार बनाई अध्ययन पश्चात मूल्य निर्धारण गरी विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिसका लागि पठाईने विभागले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उत्पादन लागत र अन्य सान्दर्भिक आधारहरू समेटेर गरेको मूल्य सिफारिसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत मन्त्रीपरिषद्मा पठाईने छ ।
मन्त्रीपरिषद्बाट गहु्ँको मूल्य निर्धारणको निर्णय गरेपछि किसानहरुबाट सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत गहुँ खरिद गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here