लायन्स क्लबको आयोजनामा बिर्तामोडमा “स्ट्रेस मेनेजमेन्ट एण्ड एआई सिम्पोसियम” कार्यक्रम


July 19, 2026 मा प्रकाशित

बिर्तामोड, साउन ३ /झापाको बिर्तामोडमा आइतबार “स्ट्रेस मेनेजमेन्ट एण्ड एआई सिम्पोसियम” कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लियो क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनी लेडी र लियो क्लब अफ अनारमनीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

इन्साइटफुल पाथ–वे बिर्तामोडले फेसिलिटेड गरेको उक्त कार्यक्रम एआई र स्ट्रेस मेनेजमेन्ट विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो । एआई सिम्पोसियम विषयमा फडिन्द्र दाहाल र स्ट्रेस मेनेजमेन्ट विषयमा समाली मैनालीले तालिम दिएकी थिइन । कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ अनारमनी लेडी, लियो क्लब अफ बिर्तामोड तथा लियो क्लब अफ अनारमनीका पदाधिकारी र सदस्यहरु सहभागी थिए ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष दुर्गादेवी अधिकारी पौडेल र लायन्स क्लब अफ अनारमनीका अध्यक्ष रितेन खरेलको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ का ग्याट डिष्ट्रिक कोअर्डिनेटर मनोज बस्नेत थिए ।

कार्यक्रममा सहभागीहरुलाई सामाजिक सञ्जालको बढ्दो प्रयोग तथा कृतिम बुद्धिमता (एआई) को सदुपयोग बारे प्रशिक्षक दाहालले तालिम दिएका थिए । त्यस्तै कार्यव्यस्तता एवं अन्य विविध कारणले हुने तनावलाई सहज र सरल तरिकाले व्यवस्थापन कसरी गर्ने लगायत विषयमा प्रशिक्षक मैनालीले तालिम दिएकी थिइन ।

कार्यक्रममा करिब ४० जनाको सहभागिता थियो । तालिममा अधिकांश महिला तथा युवा सहभागी रहेको इन्साइटफुल पाथ–वे की सञ्चालक कमला भट्टराईले जानकारी दिइन । इन्साइटफुल पाथ–वेले झापा जिल्लामा पछिल्लो एक वर्ष यता विभिन्न विषयमा विद्यागत विज्ञता भएका प्रशिक्षकहरुद्वारा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here