
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
२१ फागुनको चुनावको मिति नजिकिदै गर्दा ‘हेभी वेट’ भनिएका दुवै उम्मेदवार मतदाता भेटघाटमा केन्द्रित भएका हुन् ।
देशको विभिन्न जिल्ला घुमेर चौथो पटक आफू उम्मेदवार भएको झापा–५ मा आइपुगेको बालेनले सोमबार बिहानैदेखि मतदाता भेट दमक नगरपालिकाका गाउँ वस्तीमा गइरहेका छन् । उम्मेदवारी दर्तापछि तेस्रो पटक दमक आएका ओलीले पनि आइतबारदेखि दमक नगरपालिका केन्द्रीत मतदाता भेटघाट सुरु गरेका हुन् ।








