१५५ बढी जेनजी युवा कांग्रेसमा प्रवेश


February 17, 2026 मा प्रकाशित

गरामनी । झापाको गरामनीमा आयोजित एक कार्यक्रमकाबीच १५५ बढी जेनजी उमेर समूहका युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालनका लागि विर्तामोड नगरपालिका वडा नं–८ को सम्पर्क कार्यालय समुद्घाटन कार्यक्रमका बीच विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र रहेका युवाहरुले नेपाली कांग्रेसको नीति, सिद्धान्त र विचारबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताएका छन् ।

कांग्रेसमा प्रवेश गर्ने युवाहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले नजिकिदै गरेको प्रतिनिधिसभा निर्वाचनमा सही पार्टी र सही नेतृत्व चयन भएमात्रै जनताले सुख पाउने बताउनुभयो । उहाँले नेपाली कांग्रेसका उम्मेद्वारहरु हरेक जनताको दुःखसुखमा साथ–साथ रहेको बताउँदै कांग्रेसलाई देशको नेतृत्वमा पु¥याउन रुख चिन्हमा मतदान गर्न आम मतदातामा आह्वान गर्नुभयो।

कार्यक्रममा झापा क्षेत्र नं–२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले २००७ सालदेखि अहिलेसम्म भएका ब्यवस्था परिवर्तन एवं संविधान घोषणाजस्ता महत्वपूर्ण काम कांग्रेसकै नेतृत्वमा भएको बताउँदै अहिले पनि देश संकटमा रहेकाले यसको निकासका लागि कांग्रेसलाई ठूलो पार्टी बनाउन अपिल गर्नुभयो ।

समानुपातिक उम्मेद्वार एवं कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटी, सुशिला ढकाल आचार्य, मनुमाया विश्वकर्मा, महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरी, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, झापा क्षेत्र नं–२ का सभापति एवं निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनाली लगायतले मन्तब्य राख्नुभएको थियो ।

उदय कुवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने १५ जनाभन्दा बढी अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र उत्तम कटुवालले संयुक्त रुपमा गर्नुभएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here