
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
मन्त्रिपरिष बैठकपछि शुक्रबार सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले सोही निर्णायलाई तत्कालै कार्यान्वयनमा लैजाने बैठकले निर्णय गरेको जानकारी दिएका हुन् । जसअनुसार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी पेश गरेको प्रतिवेदन बमोजिम हुने उनले बताए ।
प्रवक्ता पोखरेलले अन्यका हकमा सोही आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बन्धित निकाय र मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्री पोखरेलले बताए ।






