
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उद्योग र श्रम मन्त्री नियुक्त गरेका छन् ।
रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त दुवै जना मन्त्रीहरूले शुक्रबारै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोनीयताको शपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।
गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन जितेका थिए । प्रधानमन्त्री शाहले उद्योग मन्त्री शुरूदेखि नै आफैसँग राख्दै आएका थिए । साथै श्रम मन्त्री रहेका रास्वपा सांसद दीपककुमार साहलाई सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।






