सर्वोच्चद्वारा ओली र लेखकलाई थुनामुक्त गर्न परमादेश


April 7, 2026 मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र सक्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो।

अदालतले तोकिएको समयसीमाभित्र अनुसन्धान सम्पन्न गर्न निर्देशन दिँदै सो अवधिमा प्रक्रिया पूरा हुन नसके दुवैलाई हिरासतबाट मुक्त गर्नुपर्ने स्पष्ट पारेको छ। आदेशमा फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाउन भनिएको छ।

भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको तथा त्यसलाई रोक्न प्रयास नभएको आरोपमा चैत १४ गते उनीहरू पक्राउ परेका थिए । सो प्रकरणमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको अनुमतिमा प्रहरीले उनीहरूलाई हिरासतमा राख्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here