नवनिर्वाचित सांसदहरूलाई रास्वपाले चैत ३ र ४ गते अभिमुखीकरण प्रशिक्षण दिने


March 15, 2026 मा प्रकाशित

काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

अभिमुखीकरणका लागि सांसदहरूलाई तयारी अवस्थामा रहन पनि रास्वपाले अनुरोध गरेको छ ।

सबै सांसदहरूलाई चैत ३ गते काठमाडौं उपत्यकाको तोकेको स्थानमा पुग्ने तयारी अवस्थामा रहन पनि रास्वपाले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here