देशमा अस्थिरता सिर्जना गर्न खोजिदैछ : ओली


February 16, 2026 मा प्रकाशित

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले जेनजीको नाममा आपराधिक समूहले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
विश्वव्यापी रूपमा उस्तै प्रकारले अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपाल समेत परेको उनको भनाइ छ ।

आइतबार झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनअसन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देश अप्ठ्यारो परिस्थितिमा पुगेको बताए । बंगालादेशपछि नेपालमा पनि उस्तै प्रकारले आन्दोलन गरिएको बताए ।

शिक्षक आन्दोलनमा समेत धुसपैठ हुने आशंका रहेको उल्लेख गर्दै समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको अध्यक्ष ओलीले दाबी गरे । आन्दोलन केही दिन लम्बिएको भए त्यहाँ पनि घुसपैठ हुनसक्थ्यो, ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here