रास्वपाका क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश


February 16, 2026 मा प्रकाशित

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष ओलीले खादा माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पु¥याएको दाबी गरे । उनले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले विदेशी फाउण्डेसन र साम्राज्यवादी शक्तिहरूको ‘नाङ्गो नाच’ नेपालमा भइरहेको आरोप लगाए । खनालले मिडिया ट्रायलका आधारमा मात्र नभई सुक्ष्म र गहन ढंगले अनुसन्धान गरेर देशको भविष्य र वर्तमान स्थितिको विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here