लैंगिक हिंसा उन्मूलनको प्रभावकारी उपाय महिला सशक्तिकरण हो : उपाध्यक्ष घिमिरे


January 2, 2026 मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले महिला सशक्तिकरण नै लैंगिक हिंसा उन्मूलनको सबैभन्दा प्रभावकारी उपाय भएको धारणा राखेका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले आर्थिक, शैक्षिक, राजनीतिक तथा प्राविधिक क्षेत्रमा महिलाको समान पहुँचलाई सुनिश्चिता गरेपछि मात्रै लैंगिक हिंसा अन्त्य हुने धारणा राखेका हुन् ।

‘आर्थिक, शैक्षिक, राजनीतिक तथा प्राविधिक क्षेत्रमा महिलाको समान पहुँचलाई सुनिश्चित नगरे सम्म लैंगिक हिंसा अन्त्य गर्न असम्भव छ।’ उनले भनिन ‘महिलालाई उद्यमशीलता, सीप विकास, रोजगारी र डिजिटल पहुँचमा प्राथमिकता, निर्णय तहमा निर्णायक सहभागिता, दल, सरकारी निकाय तथा संवैधानिक संस्थामा लैंगिक उत्तरदायित्व बढाउने लगायतका कार्यक्रम गर्नुपर्छ।’

उपाध्यक्ष घिमिरेले १६ दिने अभियानलाई केवल कार्यक्रम–मुखी नभई परिणाममुखी बनाउनु आवश्यक भएकोले त्यसका लागि— स्थानीय तहसँग समन्वय गर्दै वडा, नगर, प्रदेश र संघीय संरचनाले समन्वय गरेर गतिविधि सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो। ‘पुरुष र युवा सहभागिता विस्तार गरेर लैंगिक हिंसा महिलाको मात्र मुद्दा होइन, यो सम्पूर्ण समाजको सुधार अभियान हो भन्ने सन्देश प्रवाह गर्नुपर्छ।’ उहाँले भन्नुभयो।

राष्ट्रिय महिला आयोगले सरकारलाई नीतिगत सिफारिस गरेर हरेक बर्ष बुझाँउदै आएको प्रतिवेदनलाई संसदमा दफावार छलफल गर्ने र सुझाव कार्यान्वयनको अनुगमन गर्ने कुरामा जोड दिनुभयो।

पछिल्लो समय डिजिटल हिंसा बढेको चर्चा गर्दै प्रविधिको सही सदुपयोग गर्ने र दुरुपयोग गर्नेका विरुद्ध समाज र राज्यले कठोर निति लिनुको विकल्प नदेखिएको विचार राख्नुभयो।‘डिजिटल प्रविधि समस्या होइन, हाम्रो उपयोग विधि समस्याको रुपमा देखा परेको हो। प्रविधिलाई दुरुपयोगबाट सुरक्षित राख्दै समाजको विकासमा सदुपयोग गर्नका लागि केही आधारभूत उपाय अपनाउनु अनिवार्य भएको छ।’ उहाँले भन्नुभयो, ‘हामीले विद्यालयदेखि विश्वविद्यालयसम्म अनिवार्य साइबर सुरक्षा शिक्षा९डिजिटल साक्षरता० चलाउनुपर्ने आवश्यकता छ।’
सूचना प्रविधिको बढ्दो प्रयोग र यसको दुरुपयोगको खतरालाई ध्यानमा राखेर प्रविधि नियमनका लागि आवश्यक कानून निर्माण गर्नैपर्ने कुरामा पनि उहाँको जोड थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here