राप्रपाको चुनावी अभियान झापाबाट सुरु


February 16, 2026 मा प्रकाशित


बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाबाट चुनावीसभा सुरु गरेको छ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला तथा उम्मेदवार समेत रहेको झापा निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीको चुनावी अभियान सुरु गरेको हो ।

राप्रपाले सोमबार झापा–३ स्थित बनियानी चोकमा चुनावी सभाको आयोजना गरेको थियो । हल्दिबारी गाउँपालिका १ स्थित गोल्धाप बजारबाट निस्किएको मोटरसाइकल ¥याली हल्दिबारी हुँदै कचनकवल गाउँपालिकास्थित बनियानी चोक पुगेको थियो । सभालाई सम्बोधन गर्दै लिङदेनले नेताहरु भ्रष्ट भएकाले देश विकास नभएको टिप्पणी गरे ।

उनले राजनीतिलाई नेताहरुले कमाई खाने भाडो बनाएको आरोप लगाए । उनले देशको रक्षा र विकासका लागि आगामी चुनावमा राप्रपालाई मत दिनुपर्ने बताए । उनले आफू एउटा सांसद बन्नका लागि मात्र चुनावी मैदानमा नआएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here