स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश


July 12, 2026 मा प्रकाशित


झापा । स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले ३-१ गोल अन्तरले स्विट्जरल्याण्डलाई पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर, जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरेका हुन् । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याएका थिए । बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाएका थिए ।

निर्धारित समयमा १-१ गोलको बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २-१ मा पुर्‍याएका थिए । खेलको १ सय २१ औँ मिनेटमा मार्टिनेजको गोलपछि स्थिति ३-१ गोलमा पुगेको हो ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग सामना गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here