भारत टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश


March 2, 2026 मा प्रकाशित

एजेन्सी । आइसिसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को निर्णायक खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ। कोलकतामा भएको खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराएपछि भारत समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो ।

अब सेमिफाइनलमा अर्को समूहबाट आएको इंग्ल्यान्ड र भारतबीच मुम्बई तथा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच कोलकतामा खेल हुनेछ। आइतबार वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्यलाई पछ्याउँदै भारतले ५ विकेटको क्षतिमा १९९ रन बनाउँदै खेल जितेको हो । भारतको यो जितको मुख्य नायक सन्जु सामसन बने, जसले अविजित ९७ रनको सानदार इनिङ खेले ।

यस विश्वकपको सुरुवाती पाँच खेलमा सामसन पहिलो रोजाइका ओपनर थिएनन् । तर भारतका लागि ुजित्नै पर्नेु खेलहरूमा उनलाई ओपनरका रूपमा पठाइयो। उनले ५० बलमा ९७ रन बनाउँदै भारतका लागि टी २० विश्वकप इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलताका साथ पूरा गर्न मद्दत गरे । खेल जितेपछि उनी मैदानमा घुँडा टेकेर भावुक बनेका थिए ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । कप्तान शाई होपले ३३ बलमा ३२ रन मात्र बनाएर केही सुस्त खेलिदिए, जुन वेस्ट इन्डिजका लागि घाटा बन्यो । यद्यपि, रोस्टन चेसले ४० रन र जेसन होल्डरले अन्त्यमा विष्फोटक ब्याटिङ गर्दै ३७ रन जोडे । अन्तिम ओभरतिर होल्डर र पावेलले भारतीय बलर जस्प्रीत बुमराहको ओभरमा समेत धेरै रन बटुलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here