घरदैलोको अन्तिम दिन : झापा–५ मा ओली कहाँ कहाँ मतदाता भेट्दै छन्


March 2, 2026 मा प्रकाशित

झापा, १८ फागुन । फागुन २१ गते हुने निर्वाचनको लागि चुनावी प्रचार प्रसार गर्न पाउने आज अन्तिम दिन रहेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मौन अवधि सुरु हुनेछ ।

आज अन्तिम दिन भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुले बिहानैदेखि चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । यस पटकको चुनावको इपिसेन्टर बनेको झापा–५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज अन्तिम चुनावी घरदैलो गर्दैछन् ।

ओलीले बिहान साँढे ११ बजे दमकबाट घरदैलो सुरु गर्ने तालिका छ । दमक–४ मा मजदुरहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गरेर ओलीले आजको घरदैलो सुरु गर्ने कार्यक्रम छ ।

त्यसपछि दिउँसो १ बजे गौरादह नगरपालिका–७ स्थित खावाघाट, २ बजेपछि गौरीगञ्ज गाउँपालिका–३ को रिमाल टोल, गौरीगञ्ज–६ स्थित आत्माओझा, बेलुका ४ बजेतिर कमल गाउँपालिका–४ स्थित लिम्बू गाउँलगायतका स्थानमा घरदैलो गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here