आजदेखि झापाका अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह बन्द


March 2, 2026 मा प्रकाशित

झापा । निर्वाचनको मिति नजिकीएसँगै झापा जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले आज सोमबारदेखि बिदा दिएका छन् । अधिकांश कर्मचारी निर्वाचनमा खटिएको तथा आज राति १२ बजेदेखि लागू हुने मौन अवधिका कारण सरकारी कार्यालयहरुले सेवा प्रवाह बन्द गर्ने सूचना जारी गरेका छन् ।

आज फागु पूर्णिमा समेत परेकाले सार्वजनिक सेवा प्रवाहमा कठिनाई हुने जनाउँदै अधिकांश सरकारी कार्यालयहरुले सार्वजनिक सूचना नै जारी गरी कार्यालयहरुको सेवा प्रवाह बन्द रहने जनाएका छन् । यद्यपि, अत्यावश्यक काममा समन्वय गरिने सूचनाहरुमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here