झापामा बालेन शाहको रोड–शो, उत्साहजनक सहभागिता (फोटो फिचर)


March 1, 2026 मा प्रकाशित

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आइतबार झापाका सबै पाँच वटै निर्वाचन क्षेत्रमा ‘रोड–शो’ गरेका छन् । काठमाडौंबाट झापा फर्किएका बालेनले मध्यान्ह १२ बजेपछिबाट झापामा ‘रोड–शो’ सुरु गरेका थिए ।

काठमाडौंबाट भद्रपुर एयरपोर्टमा ओर्लिएका बालेनले झापा–१ बाट ‘रोड–शो’ सुरु गरेका थिए । उनले झापा–१ को धुलाबारी–बाहुनडाँगी–शान्तिनगर घुमेर बुधबारे जयपुर हुँदै झापा–२ प्रवेश गरेका थिए । झापा–२ को शनिश्चरे बजार हुँदै बिर्तामोड–बिर्ताबजार–सैनिकमोड हुँदै झापा–३ प्रवेश गरेका थिए । हल्दिबारी गाउँपालिका १ को गोल्धाप बजारबाट राजगढ हुँदै कचनकवल घुमेर हुलाकी राजमार्गबाट बाले झापा–४ गएका थिए ।

झापा–४ को सीमावर्ती बजार झापा बजार हुँदै सुरुङगा चोक निस्किएका थिए । सुरुङ्गामा बालेनलाई ठूलो भिडले स्वागत गरेको थियो । झापामा ‘रोड–शो’ गर्ने क्रममा सुरुङ्गामा भेला भएको रास्वपा कार्यकर्ता तथा समर्थकको भिड निकै भाइरल बनेको छ । सुरुङ्गाबाट पूर्व पश्चिम राजमार्ग हुँदै बालेन आफ्नो निर्वाचन क्षेत्र झापा–५ गएका छन् ।

रास्वपाको तर्फबाट झापा–१ मा निवर्तमान सांसद निशा डाँगी, झापा–२ मा पूर्व उपसभामुख इन्दिरा रानामगर, झापा–३ मा पार्टीका जिल्ला सभापति प्रकाश पाठक, झापा–४ मा पार्टीका जिल्ला सचिव शम्भु ढकाल (सुस्केरा) र झापा–५ मा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् ।

झापाको ‘रोड–शो’ हेर्नुहोस तस्बिरमा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here