पार्टी नेता कार्यकर्तालाई आन्दोलनमा उत्रन एमाले कोशी प्रदेश कमिटीको आव्हान


March 28, 2026 मा प्रकाशित

झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरुद्धमा आफ्ना नेता कार्यकर्तालाई आन्दोलन तथा संघर्षमा उत्रन आव्हान गरेको छ ।
शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक सबैलाई सरकारविरुद्ध आन्दोलनमा उत्रिन आव्हान गरेका हुन् ।

खतिवडाले विज्ञप्तिमा कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा लोकतान्त्रिक शक्तिहरुमाथि प्रहार र आक्रमण सुरु भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ,‘भदौं २३ गतेको जेनजी नवयुवाहरुको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध र संगठित रुपमा हाईज्याक गरेर जननिर्वाचित सरकार र संसद विगठन गर्दै गैरसंवैधानिक बाटोबाट बनेको सरकारले गठन गरेको तथाकथित असंवैधानिक, पूर्वाग्राही र प्रतिशोधपूर्ण आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा हिजो बनेको सरकारले मुलुकको लोकतान्त्रिक शक्तिहरुमाथि प्रहार र आक्रमण सुरु गर्नु, एमाले अध्यक्ष लगायतलाई पक्राउ गर्नुलाई एमाले कोशी प्रदेश कमिटीले सिँगो कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार र दमन सुरु भएको ठहर गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here