झापा, १८ फागुन । फागुन २१ गते हुने निर्वाचनको लागि चुनावी प्रचार प्रसार गर्न पाउने आज अन्तिम दिन रहेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मौन अवधि सुरु हुनेछ ।
आज अन्तिम दिन भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुले बिहानैदेखि चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । यस पटकको चुनावको इपिसेन्टर बनेको झापा–५ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज अन्तिम घरदैलो गर्दैछन् ।
बालेनले आज झापा–५ को दमक नगरपालिकाभित्र घरदैलो गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दमकको गोर्खा डिपार्टमेन्ट अगाडि भेला भएर सुरु हुने बालेन शाहको घरदैलो दमकको जेसीज चोक, इलाका प्रहरी कार्यालय, लेखनाथ चोक, सिरपाली चोक, आँखा शिविर, दुर्गा मन्दिर, बेलडाँगी, बाघखोर, आमचोक, मिलडाँगा, नयाँ आम्दा, संगम चोक, कृष्ण मन्दिर, उदय टोल, टुक्रे, इन्द्रेणी ताल, संगम चोक, सगरमाथा चोक, पखटे, शान्तिमार्ग रोड, अमरचोक, बालुवाटार, किराँत चोकबाट दमकको मुख्य चोक गणतन्त्र चोक हुँदै पसुहाटमा पुगेर समापन हुने झापा–५ रास्वपा निर्वाचन परिचालन समिति संयोजक भेषराज भट्टराईले जानकारी दिएका छन् ।






